Sunday, February 1, 2026

दोलखाका उम्मेद्वारले निर्वाचनमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने


 अगेनो न्यूज ः माघ १३- आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखाका उम्मेद्वारले अधिकतम ३३ लाख रुपैयाँ रुकम खर्च गर्न पाउनुहुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्धारण गरेको उम्मेद्वारको खर्चको सिमा अनुसार दोलखाका उम्मेद्वारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउनु हुने भएको हो । जिल्लामा आगामी प्रतिनीधी सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका १४दल र १९ जना स्वतन्त्र गरी ३३ जनाले निर्वाचनमा विभिन्न शिर्षकमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले सुगम र दुर्गम निर्वाचन क्षेत्रका आधारमा २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्चको सिमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like