Thursday, November 6, 2025

खुर्कोट मन्थली खिम्ति मिल्ती सडकमा राती गाडी चलाउन पुर्णरुपमा रोक



अगेनो सम्वादाता ः असोज १९- जिल्ला प्रशासन कार्यालय रामेछापले खुर्कोट मन्थली खिम्तिमिल्ती सडक खण्डमा रातीको समयमा सवारीका साधान चलाउन पुर्णरुपमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आज एक सुचना जारी गदै असोज १७ गतेदेखि जारी वर्षा निरन्तर भइरहेकाले यात्रुहरु तथा सवारी साधनलाई बाढी पहिरोको सम्भावित जोखिमबाट जोगाउन असोज १९ गतेदेखि असोज २४ गते सम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको होे । उक्त अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन चलाउन नपाइने रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गर्नुभएको सुचनामा उल्लेख गरिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like