Thursday, November 6, 2025

बाँदरले दुख दिएपछि कागती खेती गर्नुभएको बस्नेतले राम्रो आम्दानी गर्नुहुदैँ



अगेनो न्यूज ः कार्तिक १६ -दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ५का अर्जुन बहादुर बस्नेत हरेक दिन जस्तो सदरमुकाम चरिकोटमा कागती बेचिरहनु भेटिनुहुन्छ । उमेरले ५५ वर्ष पुग्नु भएको बस्नेतलाई असोज देखी मंसिर पुस महिना सम्म हरे दिन जसो सदरमुकाम चरिकोटमा नै कागती बेचिरहेको भेटिन्छ । करिब तीन चार वर्षअघिबाट ५० वोट कागती खेती गर्नुभएकोे बस्नेतले कागती विक्रिबाट राम्रो आम्दानी समेत गरिरहनु भएको छ । बस्नेतले गत वर्ष कागती विक्रिबाट १ लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो । उहाँँले भन्नुभयो गत वर्ष राम्रो नै आम्दानी भयो । एक लाख रुपैयाँ भन्दा बढिको कागती विक्रि गरे । यो वर्ष पनि राम्रो नै आम्दानी हुने अनुमान गरेको छु । हेरौ सबै विक्रि गर्दागत वर्षको जति आम्दानी हुन्छ की बस्नेतले भन्नुभयो । कागती सदरमुकाम चरिकोेटमा नै हाल सम्म विक्रि भईरहेको छ । केहि वर्ष अघिसम्म मकै,कोदो लगायतका अन्नवाली लगाउदै आएको बारीमा हाल कागती खेती गरेको उहाँले बताउनुभयो । बाँदरले अन्नवाली नष्ट गर्न थालेपछि आफुले कागती खेती गर्न थालेको अर्जुनको भनाई रहेको छ । उहाँले अन्नवाली वालीबाट भन्दा कागती खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । आफु कागती खेतीलाई विस्तार गर्ने योजनामा रहेको समेत बस्नेतले भनाईरहेको छ ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like