- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ २- दोलखाको आहालडाँडामा विद्युतीय भ्यान ईभी दुर्घटना हुँदा तीन जना घाइते हुनुभएको छ । काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज०२८८नम्बरको ईभी भ्यान भीमेश्वर नगरपालिका वडा नम्वर ९ आहालडाँडामा सडकबाट चिप्लिएर दुर्घटना हुदाँ तीन जना घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । अत्यधिक चिसोका कारण सडकमा जमेको तुसारोले सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा भीमेश्वर नगरपालिका वडा नम्वर ६का ६२ वर्षीय हरिबहादुर ठकुरी,उहाँकी ६१ वर्षीया श्रीमती निर्मला ठकुरी र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्वर २ का ४५ वर्षीया रेखा नेपाली घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँँका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि चरिकोट ल्याइएको छ । चालकसहित ६ जना सवार रहेको उक्त भ्यानका अन्य यात्रु भने सुरक्षित रहनुभएको छ । प्रहरीले दुर्घटनामा संलग्न भ्यान चालक रामेछापको मन्थली नगरपालिका वडा नम्वर १२ गेलु घर भएका २७ वर्षीय रवीन्द्र बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।