- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २४-दोलखाको भीमेश्वर नगरपालिकामा गएराती आगलागीबाट एक जलेर पुर्णरुपमा नष्ट भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ६चिताङथलीका रामकृष्ण श्रेष्ठको ढुङ्गा माटोको गाह्रोले वनेको र जस्तापाताको छानो भएको २ तले कच्ची घरमा आगोलागी हुदाँ घरपुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । भैंसी बाँध्ने गोठमा कुँडो पकाउने क्रममा हिजो साँझ ६ः३० बजे आगो लागेको थियो । आगो रात्रि करिब ८ बजेर तिर नेपाली सेनाको गरूड दल गण,सशस्त्र प्रहरी बल १८ नम्वर गुल्म र नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएर प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिको दमकलको प्राविधिक समस्या भएका कारण आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।