- by agenonews
- Jun 19, 2025
साउन ३१- दोलखामा रहेको माथिल्लो तामाकोशी जलविद्युत्त आयोजनाको जलासय सफाइको काम सुरु गरिएको छ । दोलखाको बिगु गाउँपालिका वडा नम्वर १ लामाबगरमा रहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशय सफाईको काम सुरु भएको तामाकोशी हाईड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले जानकारी दिनुभयो। उहाँँका अनुसार आज बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशय सफाई गरिने भएकाले तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएको हुदाँ नदी तटीय क्षेत्रका वासिन्दान्दालाई सतर्कता अपनाउन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आग्रह गरेको हो । तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रदेखि सुनकोशी नदीको दोभानसम्म पानीको सतह घटबढ भइरहनेछ । लामाबगर,छ्योतछ्योत, गोंगर, जगत,टुनीटार,जामुने,भोर्लें, सिंगटी,नयाँ पुल,किर्नेटार र खिम्तीसम्मका नदी तटमा सर्तकता अपनाउन आग्रह गरिएको छ । आयोजनाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सो समयमा नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने,लुगा धुने, वस्तुभाउ लैजाने,गिटी–बालुवा निकाल्ने तथा गाडी तार्ने जस्ता कुनै पनि जोखिमपूर्ण कार्य नगर्न र नगराउन सर्वसाधारणमा अनुरोध गरेको छ।