Monday, September 22, 2025

साकोसको साधारण सभामा गैर–सदस्य नबोलाउन भीमेश्वर नगरपालिकाको निर्देशन


 अगेनो सम्वादाता ः असोज ६- दोलखाको भीमेश्वर नगरपालिकाले सहकारी संस्थाको वार्षिक साधारण सभामा गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण नगर्न अनुरोध गरेको छ । नगरपालिकाले नगरपालिका भित्र रहेका बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुलाई आफनो वार्षिक साधारण सभामा गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण नगर्न,अतिथिको मन्तव्य नराखी सिधै साधारण सभाको एजेण्डा प्रस्तुत गर्न अनुरोध गरेको छ । नगपालिकाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन अनुसार यस्तो निर्देशन गरेको भीमेश्वर नगरपालिका सहकारी शाखाका प्रमुख नारायण प्रसाद सेढाईले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरणले साधारणसभा सञ्चालन सम्बन्धमा यस्तो निर्देशन दिएसँगै नगरपालिकाले पनि नगरभित्रका सहकारीहरुलाई यस्तो निर्देशन दिईएको हो ।  नगरपालिकामा  ८६ सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like