Monday, December 15, 2025

दोलखाको शैलुङमा रहेको एकिकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाको नयाँ सञ्चाल समिति चयन गदै वार्षिक साधारण सम्पन्न


अगेनो न्यूज ःमंसिर २७-दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ मा रहेको एकिकृत शैलुङ साना किसान कृषि सहकारी सस्थाको ७ औँ वार्षिक साधारण सभा तथा दोस्रोे अधिवेशन आज सम्पन्न भएको छ । शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिब न्यौपानेको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाका सचिव दिर्घलाल तमाङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सुवास कार्कीले गत असार मसान्त सम्मको ४करोड ८ लाख ३९ हजार १ सय ५७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखासुपरिवेक्षण समितिका संयोजक शिव बहादुर बुढाथोकीले लेखासुवरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारी संस्थाका कार्यबाहक अध्यक्ष शिव बहादुर बस्नेतको अध्यक्षतामा भएको साधारण सभामा शैलुङ गाउँपालिका वडा नम्वर ८ पुर्व वडा अध्यक्ष एंव सहकारी संस्थाको सल्लाहाकार समितिका संयोजक रामेश्वर उप्रेती,वडा सदस्य क्षेत्रकुमारी कार्की,सारादा माविका शिक्षक एंव निर्वाचन उपसमितिका संयोजक भुवनेश्वरी पन्थ र भैसेडाँडा बजार व्यवस्थापन समितिका अध्यक्ष विजय लामा र सहकारी संस्थाका अध्यक्ष बद्री कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभाको अवसरमा शैलुङ गाउँपालिका वडा नम्वर ८ मा रहेको फलमपोखरी कृषि सहकारी संस्था र एकिकृत शैलुङसाना किसान कृषि सहकारी सस्था विच एकिकरण भएको घोषण गरिएको छ । साधारण सभाले सुवास कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा शिव बहादुर बस्नेत ,सचिवमा दिर्घलाल तमाङ,कोषाध्यक्षमा लोक बहादुर कार्की चयन हुनुभएको छ भने सदस्यहरुमा केदार उप्रेती,होम बहादुर खत्री,निर्मला थपलीया,दिपेश श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,दिपा विश्वकर्मा र मखमली खत्री चयन हुनुभएको छ । त्यसैगरी रामेश्वर उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखासुवरिवेक्षण समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा शुसीला विश्वकर्मा र ढाल बहादुर श्रेष्ठ चयन हुनुभएको छ । सहकारीमा गत असार मसान्त सम्म शैलुङ गाउँपालिका वडा नम्वर ६,७ र ८का १ हजार १ सय ३ जना कृषकहरु शेयर सदस्य रहनु भएको छ । सहकारीको साधारण सभामा यहि मंसिर १६ गतेबाट विभिन्न स्थानमा भएकोे सहकारी संस्थाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like