- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ५ - दोलखामा १ हजार ३ सय थान मतपेटीका मौज्दात रहेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । निर्वाचन कार्यालय दोलखामा निर्वाचनका लागि आवश्यक पर्ने मतपेटीका १ हजार ३ सय थान मौजाद रहेको निर्वाचन कार्यालय दोलखाका सुचाना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ३सय मध्ये १ हजार थान मतपेटिका प्रयोग गर्न मिल्ने अवस्थामा रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सामाग्रीहरु कति मौजाद रहेको छन् पठाउन निर्वाचन आयोगले परिपत्र गरेको थियो । सोहि परिपत्र अनुसार जिल्लामा रहेको मौजाद सामग्रीहरुको विवरण निर्वाचन आयोगलाई पठाई सकिएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा निर्वाचनका लागि आवश्यक पर्ने छेकबार लगायतका सामाग्रीहरु पनि मौजाद रहेको विवरण केन्द्रमा पठाईएको छ ।