- by agenonews
- Jul 23, 2025
अगेनो सम्वादाता ः असोज ४- दोलखाको सदरमुकाम चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभा आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका सचिव अनिल रिजालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सर्मीला थापाले ९४ करोड २४ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ ६६पैसा बराबरको आर्थिक प्रतिवेद प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ठ शेयर सदस्यहरु,उत्कृष्ट बचतकर्ता,उत्कृष्ठ ऋणी लगायतलाई सम्मान गरिएको छ । साधारण सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुमीराज खड्का, सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वार्षिक साधारण सभाको अवसरमा शेयर सदस्यहरुले भजन प्रस्तुत गर्नुभएकोे थियोे । सहकारीमा हाल महिला सदस्य ५ हजार २ सय १८ जना र पुरूष ४ हजार ६ सय ३० गरि ९ हजार ८ सय ८५ जना शेयर सदस्य र ३ हजार ७ सय ६८ जना बालबचत कर्ता रहनुभएको छ ।