- by agenonews
- Jul 23, 2025
अगेनो सम्वादाता ः असोज ५ -बागमति प्रदेश सरकार अन्तरगत भौतिक पुर्वधार विकास कार्यालय दोलखामा चालु आर्थिक वर्ष १ सय ९५ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लामा प्रदेश सरकार मार्फत चालु आर्थिक वर्ष २०८२÷०८३ मा १ सय ८१ वटा योजना प्राप्त भएका छन् भने गत आर्थिक वर्षका १३ वटा योजनामा पनि चालु आर्थिक वर्ष नै काम भई रहेको भौतिक पुर्वधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा ३३ वटा, जिरी नगरपालिकामा २५ वटा,कालिञ्चोक गाउँपालिकामा १४ वटा, तामाकोशीमा २१ वटा, शैलुङमा १५ वटा,मेलुङमा २४ वटा, विगुमा ८ वटा,गौरीशंकरमा १८ र वैतेश्वरमा २३ वटा रहेका छन् । जिल्लामा १ सय ९५ वटा योजनाका लागि १ अर्ब ४८ करोड ७४ लाख रुपैयाँ रकम प्राप्त भएको भौतिक पुर्वधार विकास कार्यालय दोलखाका ओझाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सडक तथा पुल मर्मतका लागि ४ करोड ८० लाख रुपैयाँ,अन्य पुर्वधार मर्मतका लागि १ करोड ८० लाख रुपैयाँ, प्रादेशीक लोकमार्गका लागि २० करोड ७४ लाख ५० हजार रुपैयाँ, प्रादेशीक मार्गका लागि ४२ करोड ४८ लाख रुपैयाँ र शहरी तथा स्थानीय सडकका लागि ७८ करोड ९१ लख ५० हजार रुपैयाँ रकम प्राप्त भएको हो । जिल्लामा ८ देखी १० लाख सम्मका ४८ वटा, १० देखी २५ लाख सम्मका ६५ वटा,२६ देखी ५० लाख सम्मका ५७ वटा, ५१ लाख देखी १ करोड सम्मका १० वटा, १ देखी ५ करोड सम्मका २० वटा र ५ देखी ९ करोड सम्मका ३ वटा योजना रहेका छन् ।