Saturday, August 1, 2026

पञ्चेबाजा संरक्षण र प्रवद्र्धन गर्दै दोलखाको जिरी नगरपालिका


अगेनो न्यूज,असार ३- दोलखामा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको भन्दै जिल्लाकोे जिरी नगरपालिका बाजाको संरक्षण र प्रवद्र्धन अभियानमा जुटेको छ । परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवद्र्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा नगरपालिका जुटेको हो । नगपालिकाले नगर भित्रका महिला तथा पुरुषहरुलाई पञ्चेबाजा बजाउने तालिमहरु प्रदान गरेको छ । नगरपालिकाले तालिम दिएसँगै पञ्चेबाजा बजाएर केहि आम्दानी गरि रहेको तालिम लिनुभएको जिरी नगरपालिकाका रस्मीला जिरेलले बताउनुभयो । नगरपालिकाले पञ्चेबाजा संरक्षण गर्न भन्दै गत आर्थिक वर्ष १५ दिन र चालु आर्थिक वर्ष १० दिन दिन दिएको तालिम निकै प्रभावकारी भएका र तालिम प्राप्त गरेपछि नगरमा हुने हरेक कार्यक्रममा पञ्चेबाजा बजाउने योजना रहेको जिरीका अर्का स्थानीय सञ्जुमा जिरेलको भनाई रहेको छ ।नगरपालिकाले पञ्चेबाजाउने तालिमसँग समुहगतरुपमा पञ्चेबाजाहरु समेत प्रदान गरिरहेको छ । नगरपालिकाले हाल जिरीका ४० जना भन्दा वढिलाई तालिम दिई सकेको जनाएको छ । जिरी नगरपालिकाले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सीप विकाससम्बन्धी तालिम,अनुदानलगायत व्यवस्था गरि रहेको नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेलले बताउनुभयो । जिरी नगरपालिकाको पञ्चेबाजा संरक्षण यो अभियानले एकातिर नेपाली मौलिक संस्कृतिको जगेर्ना गरेको छ भने अर्काेतिर महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण समेत प्रस्तुत गरेको छ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like