- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,असार २- दोलखाको जिरी नगरपालिकामा १० दिने डल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ । तालिममा सहभागीहरुले अपाङगता भएका व्यक्तीहरु र उहाँहरुको परिवाका व्यक्तीहरुका अरु तालिम भन्दा सावुन बनाउने तालिम आफुहरुका लागि उपयुक्त हुने बताउनु भएको छ । अपाङगता तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजना तथा जिरी नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा जिरी नगरपालिका भित्र रहनु भएका अपाङगता भएका व्यक्तीहरु र उहाँहरुको परिवाका व्यक्तीहरुको सहभागीता रहेको थियो । जिरी नगरपालिकाले मागको आधारमा लुगा धुने डल्लो सावुन बनाउने तालिमका लागि सहयोग गरेको हो । अपाङगता तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तमाङको अध्यक्षतामा भएको कार्यक्रममा जिरी नगरपालिकाका मेयर मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी,जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्री लगायतले सिकेको सिपलाई सदुपयोग गर्नका लागि तालिममा सहभागीहरुलाई अनुरोध गर्नुभएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४मा साबुन उद्योग सञ्चालनका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले बताउनु भयो । खत्र्री भन्नु भयो सिकेको सिपलाई सदुपयोग गर्नुहोस नगरपालिका तपाईको साथमा रहने छ ।