Monday, September 22, 2025

दोलखाको विगुमा लामाबगर–लाप्ची झोलुंगे बग्यो


अगेनो सम्वादाता  साउन १७- दोलखाको विगु गाउँपालिका वडा नम्वर १ मा रहेको लामाबगर–लाप्ची झोलुंगे पुल भत्किएको छ। जुम खोलामा खसेको सुख्खा पहिरोका कारण पुल भत्किनुका साथै लामाबगर–लाप्ची सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँँका अनुसार  अविरल बर्षाको कारण गाउँपालिका वडा नम्वर १ हुरहुरे स्थित तामाकोसी खोलामा रहेको लामाबगर र लप्ची आवतजावत जाने पुरानो झोलुंगे पुल पुलमा खोलाको वाढी र लेदोको साथमा बग्दै आएकाले  ठुलो ढुंगाले क्षति पुगेको हो । पुल भत्किँदा स्थानीय यातायात पूर्ण रूपमा ठप्प भएको छ भने लाप्ची क्षेत्रमा आवात जावात गर्ने बासिन्दा र यात्रुरुहरू मारमा परेका छन्। लामाबगर–लाप्ची पुल दोलखाको दुर्गम क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको र उक्त पुलमार्फत लाप्ची भेगमा खाद्यान्न,औषधि र अन्य सामग्री ओसारपसार हुने गरेको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like