Thursday, November 6, 2025

दोलखामा उत्पादन भएका अम्वाको बजारीकरणमा समस्या


अगेनो न्यूज ःकात्तिक १९– दोलखामा अम्वा राम्रो फल्ने गरेको भएपनि बजार नहुदाँ गाई बस्तुलाई दिन बाध्य भएको कृषकहरुको गुनासो रहेको छ । जिल्लाको अधिकांस तल्लो भु–भागमा सिजनमा अम्वा राम्रो उत्पादन हुने गरेको भएपनि बजार नहुदाँ गाई बस्तुलाई दिन बाध्य भएको दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ७ का कृषक दान बहादृर श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले भन्नु भयो अम्वा राम्रो फल्ने गरेको भएपनि बजार नहुदाँ गाई बस्तुलाई दिन बाध्य भएका छौँ। गाउँघरमा सबैकोमा अम्वा फलेको छ बजारमा ल्याउनका लागि यातायाताको सुविधान नभएका कारण यति कै खेरा फाल्नु  बाध्य भएको मेलुङ गाउँपालिका वडा नम्वर १ पवटीका कृषक भक्तमाया भुजेलले बताउनुभयो । चरिकोटमा ल्याएर बेच्ने सके मात्र पनि २० देखी ३० हजार रुपैयाँको अम्वा फलेको छ तर बेच्ने बजार छैन् । फलफुल व्यापारीहरुले घरमा लिने जाँदा पाथीको १ सय ५०रुपैँयाले पनि लिन नमाने गरेको भुजेलले गुनासो गर्नुभयो ।चरिकोटमा ल्याउन सके एक सय रुपैयाँ सम्ममा विक्रि गर्ने सकिन्छ तर ल्याउनका लागि नै कठिन छ । गाउँमा उत्पादन भएका अम्बा चरिकोट ल्याउनका लागि यातायातको व्यवस्था नहुदाँ थप समस्या कृषकहरुको भनाई रहेको छ । भीमेश्वरकाका कृषक माया थामीले नगरपालिकाले  स्थानीय कृषकहरुका सामग्रीहरु विक्रिका लागि बजार व्यवस्थापन गर्न पर्ने बताउनहुन्छ । जिल्लाको अधिकांस तल्लो भु–भागमा सिजनमा अम्वा राम्रो उत्पादन हुने गरेको भएपनि बजार नहुदाँ गाई बस्तुलाई दिन बाध्य भएको कृषकहरुले गुनासो छ ।अम्बक स्वादिलो मात्रै हुँदैन । यो फल स्वास्थ्यको दृष्टिले समेत निकै उपयोगी हुन्छ । पौष्टिकताले भरिपूर्ण हुने अम्बालाई आयुर्वेदले अमृत फल भनेको छ ।

 






 

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like