Thursday, November 6, 2025

प्रहरी दिवसको अवसरमा दोलखामा रक्तदान कार्यक्रमको आयोजना


अगेनो सम्वादाता ः असोज २९- ७० औं प्रहरी दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । प्रहरी दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा जिल्लाको सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम गरिएको  रक्तसञ्चार समिति दोलखाका संयोजक गोकर्ण प्रसाद पोखरेलले जानकारी दिनुभयोे । उहाँँका अनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल सहित ३२ जनाले रक्तदान गर्नु गर्नुभएको थियो । जिल्लामा रगतको अभाव हुन नदिनका लागि कार्यतालिका बनाएर नै रक्तदान कार्यक्रम हुदैँ आएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like