- by agenonews
- Jun 19, 2025
परीक्षाको प्रश्नपत्र लिक र त्यस क्रममा हुने ठगीको विषयलाई लिएर भारत सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ । सरकारको निर्देशनमा प्रमुख टेलिकम कम्पनीहरूले एप ब्लक गरेका छन् भने गुगल प्ले स्टोर र एप्पल एप स्टोरले पनि भारतमा आ-आफ्नो प्लेटफर्मबाट त्यसलाई हटाएका छन् । आगामी २१ जुनमा हुन गइरहेको नीट (NEET-UG) २०२६ को पुनःपरीक्षा अघि सङ्गठित गिरोहले परीक्षार्थीहरूलाई ठग्न टेलिग्रामको प्रयोग गरिरहेको बताइएको छ । यसैलाई कारण देखाउँदै नेसनल टेस्टिङ एजेन्सी (NTA) को सिफारिसमा सरकारले यस्तो कडा कदम चालेको हो । यसअघि गत महिना पनि प्रश्नपत्र बाहिरिएको (पेपर लिक) आरोपका कारण लाखौं विद्यार्थीको परीक्षाफल रद्द गरिएको थियो ।