- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,बैशाख २९ -दोलखाको यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ६६प्रतिशत भन्दा बढि विद्यार्थीहरु उत्तीर्ण हुनु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लामा ६६ दशमल २ दशमवल ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुनुभएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ । जिल्लाबाट परिक्षामा सहभागी भएका १ हजार ९ सय ६१ जनना विद्यार्थीहरु मध्ये १ हजार ३ सय जना विद्यार्थीहरु उत्तीर्ण हुनुभएकोे हो । जिल्लाबाट परिक्षामा सहभागी हुनुभएका मध्ये ६ सय ६१ जना नन्ग्रेडेड आएको पाईएको छ ।