- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज -७ दोलखामा यात्रु सहायताकक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोेलखाले जनाएको छ । चाडपर्व दसैं, तिहार, छठलाई लक्षित गर्दै दोलखा सदरमुका चरिकोटमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको अगुवाईमा जिल्ला सदरमुकाम चरिकोट सातदोबाटोमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक सवारीमा हुनसक्ने यात्रुको भीडभाड,बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु चढाउने,टिकटमा कालो बजारी गर्ने जस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने छ । जिल्लामा यात्राको क्रममा कुनै समस्या आएमा यात्रुहरुले सिधै टोल फ्रि नम्वर १०० र १०३ मा सम्पर्क गर्न सकिने समेत जनाईएको छ । चाडवाडका समयमा यात्रुको चाप बढी हुन्छ। ओभरलोड गरिएको हुन सक्छ। बढि भाडा असुलिएको हुन सक्छ। यात्रुको सामान छुट्न सक्छ,’ उनले भने, ‘यात्राका क्रममा कसैलाई समस्या भएको अवस्थामा सहजताका साथ प्रहरी सेवा उपलव्ध गराउन सहायता कक्ष सुरु गरिएको हो। त्यहाँबाट चौबिसै घण्टा सेवा दिने व्यवस्था मिलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।