Wednesday, June 17, 2026

प्रशासनमा नै थन्किए २५ हजार भन्दा धेरै राष्ट्रिय परिचयपत्र कार्ड


अगेनो न्यूज,बैशाख १९- सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय दोलखामा २५ हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छ। जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेदेखी हाल सम्म ३७ हजार २ सय ८५ जनाको राष्ट्रिय परिचयपत्रको कार्ड आएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आएका राष्ट्रिय परिचयपत्र मध्ये ११ हजार ४ सय ९० जनाले मात्रै कार्ड लग्नु भएको छ । जिल्लामा बाँकी २५ हजार ७ सय ९५ थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालय दोलखामा नै थन्किएका हुन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेका व्यक्तिहरू विदेशिएका र राष्ट्रिय परिचयपत्र कार्डनै आवश्यक नपर्ने भएकाले पनि परिचयपत्र लिन सेवाग्राही नआएको हुन सक्ने प्रशासनको भनाई रहेको छ ।  


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like