Wednesday, June 17, 2026

श्रमिक दिवसको अवसरमा दोलखामा रक्तदान कार्यक्रमको आयोजना


अगेनो न्यूज,बैशाख ८- १ सय ३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दोलखामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा दोलखाकोे सदरमुकाम चरिकोट रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले जनाएको छ । दिवसको अवसरमा चरिकोटमा जिफन्ट दोलखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको छ । जिफन्ट दोलखाका अध्यक्ष दान बहादुर बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेकपा एमाले बागमति प्रदेश कमीटीका सदस्य लक्ष्मण गुवाजु, नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सभापति भीम केसी बिगु पालिका गाउँपालिका  वडा नम्वर ६ वडा  अध्यक्ष  टहल बहादुर थामी लगायतको सहभागीता रहेको थियो । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like