Wednesday, June 17, 2026

दोलखामा नेपाली र तमाङ भाषा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा आउन सकेन


अगेनो न्यूज,बैशाख २७- दोलखामा नेपाली र तमाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा आउन नसकेको सरोकारवालाहरु ले बताएका छन् । जिल्लाका ९वटा नैै पालिकामा बागमति प्रदेश सरकारले लागु गरेको नेपाली र तमाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोग हुन नसकेको जिल्लाका सरोकारवालाहरुले बताउनु भएको हो । जिल्लाको सदरमुकाम चरिकोटमा सरकारी कामकाजको भाषा ऐन कार्यान्वयन अवस्था, चुनौती र भावि योजना सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्नुहुदैँ भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तमाङ, नेपाली काङग्रेस दोलखाका सभापति बमा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर लगायतले जिल्लामा प्रदेश सरकारले लागु गरेको दुबै भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग हुन नसकेको बताउनु भएको हो । उहाँहरुले उक्त भाषा बुभ्ने कर्मचारी प्रयाप्त नहुनु र ठाउँ अनुसार फरक –फरक भाषा बोल्नु लगायतका कारण जिल्लाका सबै पालिकाहरुमा नेपाली र तमाङ भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग हुन नसकेको बताउनुभयो । नेवा,देय दबृको आयोजना, बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय र नेपाल तमाङ घेदुङको सहकार्यमा भएको कार्यक्रममा बागमति प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, नेपाल तमाङ घेदुङ  संघिय समितिका उपमहासचिव तथा भाषा संस्कृति विभागका संयोजक सरोज मोहन लामा, नेवा,देय दबृका उपाध्यक्ष शान्त श्रेष्ठ लगायतको समेत ेपाली र तमाङ भाषा सरकारी कामकाजको भाषाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।बागमती प्रदेश सरकारले तामाङ र नेपालभाषालाई यस प्रदेशको सरकारी कामकाजी भाषा बनाएको थियो । भाषा ऐन, २०८० आएपछि वैशाख २४ देखि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषाको रूपमा लागु थियो ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like