- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २५- नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता हुनका लागि दोलखाका नागरिकहरुलाई निमन्त्रणा गरिएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने निर्णय अनुसार नेकपा एमाले जिल्ला कमीटी दोलखाले आज जिल्लाको सदरमुकाम चरिकोटका नागरिकहरुलाई निमन्त्रणा दिएको होे । नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,उपसचिव कमला बस्नेत,शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद ढुङगेल सहितको टोलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट जारी अपिल प्रदान गर्नुुहुदैँ नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता हुन अनुरोध गर्नुभएको हो । उक्त टोलीले जिल्लाका कृषक,व्यापारी,जेष्ठ नागरिक सहित जेन्जीहरु समुहलाई समेत पार्टीको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता हुन अनुरोध गदै निमन्त्रणा दिएको हो ।राष्ट्रियता,लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रूपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको अपिलमा उल्लेख गरिएकोे छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारी पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ ।