- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २५- दोलखाको भीमेश्वर नगरपालिकाका निर्वाचित दलित महिला वडा सदस्यहरुका लागि सदरमुकाम चरिकोटमा नेतृत्व विकास तालिम आयोजना गरिएको छ । स्थानीय सरकार सवलीकरण परियोजना अन्तरगत दलित महिला केन्द्र नेपालको आयोजना,द एसिया फाउन्डेसनको प्राविधिक सहयोग र भीमेश्वर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका भित्रका निर्वाचित दलित महिला सदस्यहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई पत्रकार चिरञ्जीवी मास्केले प्रशिक्षण दिनुभएको थियो । पत्रकार मास्केले भ्रामक सुचना रआधिकारी सुचनाको बारेमा जनाकारी गराउनु भएको थियो । त्यस्तै उहाँले सहित सुचनाका स्रोतहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । दलित महिला केन्द्र नेपालले जिल्लाको भीमेश्वर नगरपालिकामा निर्वाचित महिला सदस्यहरुको क्षमता अभिबृद्धिका लागि नियमित रुपमा मेन्टरसिप कार्यक्रम सञ्चालन गरिरहेको छ ।