Sunday, February 1, 2026

प्रतिनिधिसभा चुनाव लड्न कांग्रेस प्रदेश सांसद काफ्लेद्धारा राजीनामा


अगेनो न्यूज ः माघ ४- बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले पदबाट राजिनामा दिनुभएको छ ।दोलखाबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्नेका लागि काफ्लेले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिनुभएको हो । काफ्लेले सोमबार बागमती प्रदेश सभा सचिवालय हेटौँडामा उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाउन भएको हो । दोलखाको तामाकोशी गाउँपालिका स्थायी घर भएका काफ्ले बागमती प्रदेश सरकारका पूर्व मन्त्री रहनुभएको थियो । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बन्नु भएको थियो । काफ्लेलेले नेपाली काङग्रेसबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गर्नुभएको हो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like