- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ ६- दोलखामा आगामी फागुन २१ ग्ते हुने प्रतिनीधी सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता उत्साहजक रुपमा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । जिल्लामा नेकपा एमाले,नेपाली काङग्रेस,नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका ठुला राजनितिक दलहरु सहि स्वतन्त्र रुपमा पनि उत्साहजक रुपमा मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा नेकपा एमालेबाट दोलखाको गौरीशंकर गाउँपालिकाका पार्वत गुरुङ,नेपाली काङग्रेसबाट भीमेश्वर नगरपालिकाका अजयबाबु शिवाकोटी,नेपाली नेपाली कम्युनिष्ट पार्टीबाट गौरीशंकर गाउँपालिकाका विशाल खड्का,राष्ट्रिय स्वतन्त्र पार्टीबाट कालिञ्चोक गाउँपालिकाका जगबदीश खरेल,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रविण थोकर लगायतले दल र स्वतन्त्र गरि ३३ जनाले मनोनयन दर्ता गर्नुभएको छ। जिल्लामा बिहान १० बजेदेखी साँझा ५ बजे सम्म मनोनयन दर्ता गरिएको थियो ।