Monday, September 22, 2025

पुस्तकालय दोलखाद्धारा हरितालीका तीज विशेष कार्यक्रमको आयोेजना



अगेनो सम्वादाता भदौ ५- दोलखाको सदरमुकाम चरिकोटमा तिज विशेष कार्यक्रमकोे आयोजना गरिएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालीका तीज पर्व २०८२ को अवसरमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ मा रहेको गौरीशंकर सामुुदायिक पुस्तकालय दोलखाको आयोजनामा चेली बेटी भेटघाट तथा तिजको दरखाने कार्यक्रम गरिएको पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार भेटघाट तथा दर खाने कार्यक्रम करिब १ सय ५० जना भन्दा महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बागमति प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी,भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ,उपाध्यक्ष गायत्री आर्चाय लगायतका जनप्रतिनीधीहरुको सहभागीता रहेको थियो। कार्यक्रमको अवसरमा दोलखाबाट बागमति प्रदेश सरकारको वन तथा वातावरण मन्त्री बन्नु भएको भरत बहादुर केसीलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । देशकै नमुना पुस्तकालय दोलखाले हरेक वर्ष तिजको अवसरमा तिज विशेष कार्यक्रम सहित दर खुवाउने कार्यक्रम गदै आएको छ ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like