- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता भदौ ५- दोलखाको सिंगटी हाइड्रोपावरको ड्याममा अड्किएको बेवारिसे शव आज सशस्त्र प्रहरी बल नेपाल दोलखाको टोलीले निकालेको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ४ को सोरुङ खोलाको स्थित ड्याममा अड्किएको शव सशस्त्र प्रहरी बल दोलखाकोटोलीले निकालेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमाल्सीनाले जानकारी दिनुभयो । बिहीबार सशस्त्र प्रहरी बल नेपाल मन्सुनजन्य विपद् उद्धार अस्थायी सुरक्षा बेस सिंगटीबाट सुमन बुढाथोकीको नेतृत्वमा ९ जना र ईलाका प्रहरी कार्यालय सिंगटीबाट ५ जनाको संयुक्त टोली घटनास्थलमा शव निकाल्न खटिएको थियो । ड्यामबाट २३–२४ वर्षका राजु तामाङको शव उद्धार गरी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर १८,गुल्मका प्रमुख संजय अधिकारीले बताउनुभयो । शव पशुपति चौलागाईं स्मृति अस्पतालमा पठाइएको ल्याईएको छ । तमाङ हिजो दिउँसो करिव ४ बजे माछा मार्न भन्दै घरबाट निस्कनु भएको थियो ।