Monday, September 22, 2025

दोलखामा दृष्टिबिहिनको लडेर मृत्यु



अगेनो न्यूज ः भदौ –९ -दोलखामा पैदल हिडिरहनु भएका एक दृष्टिविहिनको लडेर मृत्यु भएको छ । मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नम्वर २ आदर्श टोलका ६७ वर्षिय दृष्टिविहिन गोर्कणशंकर घिमिरेको दोलखाको सदरमुकाम लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुवै आँखा नदेख्ने र पैदल स्टिकरको सहायताले हिडिरहनु भएको घिमिरे चरिकोटस्थित टुँडिखेलबाट पशुपति डाँडातर्फ आउने क्रममा सडकबाट तल खसेर गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । गम्भीर घाइते हुनुभएको घिमिरेलाई उपचारका लागि चरिकोटमा रहेको पशुपति चौंलागाइ स्मृति अस्पतालमा लगिएकोमा हिजो बेलुकी चिकित्सकले मृत घोषणा गर्नुभएको हो । अपाङगता मैत्री भौतिक संरचना नभएका कारण दृष्टिविहिनको लडेर र मृत्यु भएको अपाङ तथा दृष्टिबिहिन समुदाय सेवा संघ दोलखाका सचिव मखन पाण्डेले बताउनुभयो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like