- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन ९- पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा दोलखाका एक जना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ६ गते राति पशुपति शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र संङखुवासभाका २५ वर्षीय सन्तोष गिरी हत्या गरेको अभियोगमा दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर २ घर भई हाल भक्तपुर थिमी २३ वर्षीय सरोज तामाङ सहित भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।