- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ ९- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाबाट प्रतिनिधि सभा उम्मेदवार बनेका दोलखाका जगदीश खरेललाई स्पष्टीकरण सोधेको छ । आयोगले दोलखाबाट उम्मेदवार बन्नु भएको खरेललाई स्पष्टीकरण साधेको हो । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरिएको भन्दै उहाँलाई तीन दिन भित्र पेस गर्ने गरी स्पष्टीकरण सोधिएको कानुन निर्वाचन आयोगका अधिकृत मोहनराज जोशीले हस्ताक्षरमा गर्नुभएको स्पष्टीकरण पत्रमा लेखिएको छ । उम्मेदवारले निर्वाचन आचारसंहिता, २०८२को दफा १३को उपदफा (१) को खण्ड (ढ) र (ण)को उल्लङ्घन गरेको देखिने श्रव्यदृश्य सामग्री सहित उजुरी प्राप्त भएको हुँदा तीन दिन भित्र आफै वा आफ्नो प्रतिनिधि मार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकर पठाउन भनिएको छ । आचारसंहिताको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचारसंहिताले तोकेको २५जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेकोे आयोगले जनाएको छ