- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ ९- दोलखामा कुनै पनि उम्मेदवारको उम्मेदवारी फिर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय दोलखाले निर्वाचन आयोगको कार्यतालिका अनुसार नै आज उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गरेको छ । आगामी फागुन महिनामा हुने प्रतिनीधी सभा सदस्य निर्वाचनका लागि जिल्लाबाट १४ वटा राजनितिक दलहरुका १४ जना र १९जना स्वतन्त्र उम्मेदवार गरि ३३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि उम्मेदवारले उम्मेदवारी फिता नगरेका हुन् ।