- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ ७- दोलखामा १४वटा राजनितिक दलहरुकाले निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनीधी सभा सदस्य निर्वाचनका लागि जिल्लाबाट १४ वटा राजनितिक दलले निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा नेकपा एमालेबाट पार्वत गुरुङ,नेपाली कम्युनिष्ट पार्टी दोलखाबाट विशाल खड्का,नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिश खरेल,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवीणकुमार थोकर,उज्यालो नेपाल पार्टीबाट निमादोर्जी लामा,प्रगतीशील लोकतान्त्रिक पार्टीबाट कमल खत्री, मंगोल नेशनल अर्गनाईजेसन पार्टीबाट कुमार तमाङ,जनता समाज पार्टीबाट गोपाल नेपाली,नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कुमार लामीछाने, आमजनता पार्टीबाट शुक्र तमाङ,श्रमसंस्कृति पार्टीबाट हेप बहादुर थामी,नेपाल मजदुर किसान पार्टीबाट बिमला श्रेष्ठ र राष्ट्रिय परिवर्तन पार्टीबाट सुर्दशन कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यसैगरी जिल्लामा १९ जनालेस्वतन्त्र उम्मेदवार दर्ता गराउनु भएको छ ।