Wednesday, March 18, 2026

सहिद स्मृति मा.बि र द राइजिङ स्टार बोर्डिङ स्कुल फाइनलमा प्रवेश


अगेनो न्यूज,फागुन -३, सहिद स्मृति मा.बि र द राइजिङ स्टार बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेका छन । आज भएको सेमिफाइनल खेलमा मोर्डन नेपाल स्कुललाई पराजित गर्दै सहिद स्मृति माबी र निलकण्ठेश्वर मा.बि लाई पराजित गर्दै द राइजिङ स्टार बोर्डिङ स्कुल फाइनलमा पुगेका छन । क्रीकेट संघ दोलखाको आयोजनामा २०८२ फागुन १ गतेबाट अन्तर मा. वि, स्तरीय खुल्ला क्रीकेट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको उद्घाटन क्रीकेट संघ नेपालका पुर्व पदाधिकारी तथा बाग्मती प्रदेशका माननीय मन्त्री भरत बहादुर के. सि ले गर्नुभएको थियो । विशेष अतिथी बार यसोसियसन नेपाल, दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत र फूटबल संघका पुर्व उपमहासचिव बाबुकाजी बस्नेत रहनुभएको थियो । 

चार दिनसम्म चल्ने खेलमा ६ विद्यालयले सहभागिता जनाएका छन । जसमा - त्रीपुरा ग्लोरियस एकेडेमी, अल्पाइन बोर्डिङ स्कुल,माउन्ट भ्याली बोर्डिङ स्कुल, द राइजिङ स्टार बोर्डिङ स्कुल, निलकण्ठेश्वर मावी र सहिद स्मृति माबि रहेका छन । शिल्ड, मेडल र प्रमाणपत्र सहित विजेतालाइ नगद रु. ३०,०००/- पुरस्कार रहेको खेलको उपविजेताले शिल्ड,मेडल र प्रमाणपत्र सहित रु.२०,०००/- प्राप्त गर्ने आयोजकले जनाएको छ ।  

फाइनल खेल यहि फागुन ४ गते बिहान ठिक १० बजे हुने आयोजकले जनाएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like