Sunday, February 1, 2026

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


अगेनो न्यूज ः माघ ३- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखाको सदरमुकाम चरिकोटमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कार्यालयको उद्घाटन गर्नुहुदैँ मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले निर्वाचन सुरक्षाको समग्र तयारीबारे जानकारी गराउनुभएको थियो ।उहाँले शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामा,नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ,नेकपा प्रतिनिधि भिमबहादुर श्रेष्ठ,राप्रपाका कार्यबाहक अध्यक्ष बिष्णु श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे लगायतको सहभागीता रहेको थियो ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like