- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,बैशाख ४- दोलखाको जिरी नगरपालिकाका एक व्यापारीलाई सस्तोमा किराना पसलको सामान मिलाई दिने भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्लाको सुरङ्गा नगरपालिका वडा नम्वर ३का ५२ वर्षिय राजकुमार राउत रहेको दोलखा प्रहरीले जनाएको छ । राउतले शैलुङ गाउँपालिका वडा नम्वर ३ स्थायी ठेगाना भई जिरी बजारमा किराना पसल गर्ने दल बहादुर श्रेष्ठलाई बुधबार चरिकोटमा भेटेर सस्तो दरमा सामान मिलाईदिने भन्दै ६ लाख रुपैयाँ रकम लिएर फरार भएका थियो । फरार भएका राउत बोलेरो चढेर चरिकोटबाट तामाकोशीतर्फ गएको सिसिटिभी फुटेजमा देखिएपछि रामेछाप प्रहरीको सहयोगमा नगद सहित पक्राउ गरिएको हो । रामेछापमा पक्राउ परेका राउतलाई दोलखा ल्याई जिल्ला अदालतबाट हिजो ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।