Tuesday, April 21, 2026

धर्मराज मुडुला कार्की सेवा समाज दोलखाद्धारा शैलुङमा सरसफाई


अगेनो न्यूज,बैशाख ६- दोलखाको धार्मीक एव पयटकीय स्थल शैलुङडाँडामा सरसफाई गरिएको छ । धर्मराज मुडुला कार्की सेवा समाज दोलखाको अगुवाईमा जिल्लाको प्रसिद्ध एवं चर्चित धार्मिक तथा पर्यटकीय स्थल शैलुङडाँडा सरसफाई गरिएको हो । धर्मराज मुडुला कार्की सेवा समाजको अगुवाईमा भएको शैलुङडाँडा सरसफाई कार्यत्र mममा दोलखाको मेलुङ गाउँपालिका पुर्व पालिका अध्यक्ष नर बहादुर श्रेष्ठ, शैलुङ गाउँपालिकाका पुर्व पालिका अध्यक्ष भरतप्रसाद दुलाल सहित धर्मराज मुडुला कार्की सेवा समाजका अध्यक्ष टेकराज कार्की सहितका पधाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।सरसरफाई कार्यक्रममा शैलुङडाँडामा भएको फोहोरको सरसफाई गदै संकलन भएको फोहोरको समेत व्यवस्थापन गरिएको थियो । धर्मराज मुडुला कार्की सेवा समाज दोलखाले नयाँ वर्ष २०८३ सालको भित्रे पात्रो समेत शैलुङडाँडामा विमोचन गरेको छ । करिब एक वर्ष अघि गठन भएको धर्मराज मुडुला कार्की सेवा समाज दोलखाले विभिन्न सामाजिक काम गदै आएको समाजका अध्यक्ष टेकराज कार्कीले बताउनुभयो । शैलुङमा आउने पर्यटकहरुलाई जथाभावी फोहोर नफालनका लागि समेत भरतप्रसाद दुलाल र नर बहादुर श्रेष्ठले लगायतले अनुरोध गर्नुभयो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like