- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,बैशाख ४- दोलखाको तामाकोशी गाउँपालिकाले वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । पालिकाले आज एक सूचना जारी गर्दै नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभुत तथा माध्यामिक तहसम्मको शिक्षाको व्यवस्था सम्बन्धी अधिकार स्थानीय तहको भएका भन्दैवैशाख ७ गतेदेखि विद्यार्थी भर्ना तथा १४ गतेदेखि नियमति पठनपाठन गर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको छ । सङ्घीय सरकारले इन्धन खपतमा मितव्ययीता गर्ने भन्दै वैशाख १५ गतेदेखि भर्ना अभियान र २१गतेदेखि पठनपाठन गर्न निर्देशन गरेकोमा तामाकोशी गाउँपालिकामा शुन्य इन्धन खपतमा विद्यालय चलाउन सकिने भन्दै पालिकाले भर्ना अभियान सुरु गर्ने भएको हो ।आइतबार विद्यालय बन्द गर्ने वा खोल्ने भन्ने विषयमा निर्णय लिन पालिकाले वैशाख ९ गते शिक्षा समिति तथा विद्यालयका प्रधानाध्यापकहरुको बैठक आव्हान गरेको छ ।