Monday, September 22, 2025

स्थानीयको श्रमदानमा दोलखाको काटाकुटीमा गोरेटो बाटो सरसफाई


अगेनो सम्वादाता ः भदौ  २९- दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ५ मा स्थानीयहरुको जनश्रमदान मार्फत  गोरेटो बाटो सरसफाई गरिएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ५ काटाकुटीमा वडा अध्यक्ष दिलकुमार तमाङ सहित जेष्ठ नागरिक,युवा र महिलाहरुको सहभागीतामा गोरेटो बाटो सरसफाई गरिएको हो । आफ्नो टोल समाज विकासका लागि आफै संक्रिय हुनुपर्छ भन्ने सन्देश सहित आफुहरुको श्रमदानमा गोरेटो बाटो सरसफाई गरिएको स्थानीयको भनाई रहेको छ । शनिबार स्थानीय ४१ जनाको सहभागीतामा देखिनेडाँडा देखी फेदि सम्मको मुल गोरेबाटो सरसफाई गरिएको हो । सवारीका साधानहरु नचलेको अवस्थामा काटाकुटीका स्थानीयको सदरमुकाम सम्म आउने एक मात्र गोरेटो बाटो सरसफाई नहुदाँ आवात–जावात गर्नका लागि समस्या भएको थियो । उक्त बाटोमा सुकेका रुखहरु ढलेर अलपत्र अवस्था रहेका थिए भने ठाउँ–ठाउमा गएको पहिराका कारण बाटो समेत अवरुद्ध रहेको पाईएपछि स्थानीयको सहयोगमा सरसफाई गरिएको हो । साथै बाटोमा रहेका हाम्रा मौलीक पुराना चौैताराहरुको समेत मर्मत गरिएको पाईएको छ । करिब ५० हजार रुपैयाँ बराबरको लागत जनश्रमदानमा बाटो सरसफाई गरिएको वडा अध्यक्ष तमाङले बताउनुभयो । श्रमदानमा सहभागी हुनुभएकोमा वडाले स्थानीयहरुलाई धन्यवाद ज्ञापन गरेको छभने फेरी पनि यस्ता सामाजिक काममा स्थानीयहरु एकहरु जुटहुने अपेक्षा राखेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like