Monday, September 22, 2025

दोलखाको राम्पामा भ्यान दुर्घटना हुदाँ दुई जना घाइते



अगेनो सम्वादाता ः भदौ ३१- दोलखाको भीमेश्वर नगरपालिकामा भ्यान दुर्घटना हुदाँ दुई जना घाइते हुनुभएको छ । हिजो साँझ भीमेश्वर नगरपालिका वडा नम्वर १ राम्पा स्थित चरिकोट सिगटी भित्री सडक खण्ड सुनखानीबाट चरिकोट तर्फ आउदै गरेको बा १६ च  १३२९ नम्बरको सामान बोकेको भ्यान दुघटना हुदाँ  भीमेश्वर नगरपालिका वडा नम्वर १ का ५० वर्षिय शान्ती सुबेदी र  चालक तामाकोशी गाउँपालिका वडा नम्वर ५ शहरका २४ वर्षिय कुमार भट्टराई सामान्य घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनभयो। उहॉको अनुसार बाटोमा बाक्लो हुस्सु लागि बाटो राम्रोसँग नदेखिएकाले आफैँ अनियन्त्रित भई सडकबाट  करिब ८ फिट तल बस्ने कृष्ण प्रसाद सुवेदीको घरको भान्सा कोठामा भ्यान पल्टिदाँ उहाँहरु घाईते हुनुभएको हो। घाइते हुनुभएकोे धुलिखेल शाखा अस्पताल दोलखामा सामान्य उपचार पश्चात  डिस्चार्ज हुनुभएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like