- by agenonews
- Jul 23, 2025
अगेनो सम्वादाता ः भदौ २९-दोलखाको भीमेश्वर नगरपालिकाका क्यान्सर रोगबाट पीडित कुमारी थामीलाई आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर १ का क्यान्सर रोगबाट पीडित थामीलाई क्युपेक नेपाल जिल्ला कमीटी दोलखाले १० हजार रुपैयाँ रकम प्रदान गरेको हो । क्युपेक जिल्ला कमीटी दोलखाका अध्यक्ष दान बहादुर बिमलीको अगुवाईमा मजदुर लगायतबाट संकलन भएको उक्त रकम पिडीत थामीलाई हस्तान्तरण गरिएको बिमली जानकारी दिनुभयो । घाँटीको क्यान्सर रोगबाट पिडीत थामीको आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको छ । तपाई हाम्रोे थोरै सहयोगले पनि थामीको उपचारमा ठुलो टेवा पुग्ने भएकाले सहयोग गर्नका लागि क्युपेक दोलखाका अध्यक्ष विमलीले अनुरोध गर्नुभएको छ । थामी क्युपेक नेपाल जिल्ला कमीटी दोलखाको सदस्य समेत हुनुहुन्छ ।