- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः भदौ २७- दोलखाका स्थानीय तहहरुले आन्दोलनको आडमा भएको घुसपैठका कारणबाट ऐतिहासिक धरोहर र संरचना राष्ट्रिय दस्तावेज,प्रशासनिक भवन र सवारी साधनमा भएको आगजनी,नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति,उद्योग व्यवसायमा गरिएको तोडफोड र आगजनका,साथै स्थानीय जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति, समूहहरूबाट धम्की दिने जस्ता घटना प्रति घोर भत्र्सना गरेका छन् । जिल्ला समन्वय समिति सहित दोलखाका ९ वटा नै पालिकाहरुले आज संयुक्त विज्ञप्ति जारी गदै जेनजी युवाहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गदै आन्दोलनका क्रममा दुःखद निधन हुनुभएका सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य उपचारको प्रबन्ध गर्न नेपाल सरकार समक्ष माग रेका छन् । जेनजीले आन्दोलनले उठाएका भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासनको प्रत्याभूति तथा युवाहरूको शासकीय अभ्यासमा सहभागिता जस्ता मागहरु जायज मागमा हाम्रो पनि समर्थन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।