Monday, September 22, 2025

शान्ति सुरक्षामा समुदायलाई सक्रिय बनाउन दोलखाका युवाहरु अपिल


अगेनो सम्वादाता ः भदौ  २७-  दोलखाका युवाहरूले स्थानीय तहका टोलटोलमा सुरक्षा समिति गठन गरी शान्ति सुरक्षामा समुदायलाई सक्रिय बनाउन अपिल गरेका छन् । जिल्लाका युवाहरुले आज संयुक्त विज्ञप्ति जारी गदै देशभर भइरहेका घटनाहरूवाट गहिरो चिन्तित, स्तब्ध र दुःख व्यक्त गदै यस्तो अपिल गरेका हुन् । जेनजीको आन्दोलनको क्रममा युवाहरुकोज्यान मात्र गएन,यो देशको महत्वपुर्ण संस्थागत संरचना र अन्य व्यवसायिक संरचना र व्यक्तिगत धनजन पुरै खरानी भयो यो घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कानून अनुसार कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्रीले राजीनामा दिईसकेपछि पनि जारी आगजनी,तोडफोड, हिँसा र लुटपाटप्रति हामी गम्भीर ध्यानाकर्षण भएको नेपाल तरुण दल दोलखाका सचिव प्रेम ढुङगेल,राष्ट्रिय युवा संघ नेपाल दोलखाका संयोजक सुरज खड्का, वाईसीएल दोलखाका अध्यक्ष विनोद तमाङ र युवा संघ नेपाल दोेलखाका अध्यक्ष रामहरी शिवाकोटीले संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like