Monday, September 22, 2025

तत्काल सरकार गठन गरि जनतामा उत्पन्न अन्योल र निराशा अन्त्य गर्न पापड दोलखाको माग


अगेनो सम्वादाता ः भदौ  २७-शान्ती र लोकतन्त्रको लागि पेशागत सञ्जाल दोलखाले आज दोलखाको सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको छ । मुलुकको संविधान र लोकतान्त्रिक विधिबाटै समस्याको समाधान खोज्न तथा अन्तरिम सरकार गठन गरेर देशको अन्यौलतालाई हटाउन माग गर्दै चरिकोटमा पापड दोलखाले प्रदर्शन गरेको नेपाल बार एसोयिसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँँका अनुसार नेपाल पत्रकार महासंघ,नेपाल बार एसोसियसन,नेपाल प्राध्यापक संघ,नेपाल ईन्जिनियर एसोसिएसन,नेपाल शिक्षक महासंघ,नेपाल चिकित्सक संघ,गैसस महासंघ र ईन्सेक दोलखाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनसँगै पापड दोलखाले जारी गरेको संयुक्त विज्ञप्तिमा जेन्जी समूहले देशमा विद्यमान बेथिति र भ्रष्ट्राचार अन्त्य गर्दै सुशानकाको अभियानमा ऐक्यवद्धता जनाएको छ । आन्दोलका क्रममा देशको सर्वोच्च प्रशासनिक केन्द्रका रुपमा रहेको दर्जनौं सरकारी कार्यालय र व्यक्तिगत धन सम्पत्तिमा भएको आगजनी,तोडफोड र विध्वंसक क्रियाकलापले उक्त आन्दोलन जेन्जी समूहको नियन्त्रण भन्दा बाहिर रहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा अवाञ्छित गतिविधिले देशको पुरातात्विक,ऐतिहासिक सम्पदा समेत ध्वस्त भएका छन् । देशलाई अपूरणीय क्षति हुन पुगेका र यस दुःखद घटनाप्रति पापड, दोलखा निन्द व्यक्त गर्दछ र घटनाका दोषीउपर कानुनी कार्वाहीको गर्न माग गरिएको छ,। आन्दोलन पश्चात देशमा विषम परिस्थिति सिर्जना भएको छ भने मौजूदा सरकारको विस्थापनसँगै नयाँ सरकारको गठन प्रक्रियामा अन्योलता छाएको छ । पछिल्लो समयमा विकसित घटनाक्रमले सर्वसाधारण जनतामा भय, आशङ्का र चिन्ता उत्पन्न भएको छ । अतः नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ता ,विधिको शासन सञ्चालन गर्न,संवैधानिक एंव लोकतान्त्रिक विधिबाट शीघ्रातिशीघ्र नयाँ सरकार गठन गरेर जनतामा उत्पन्न अन्योल र निराशा अन्त्य गर्नका लागि अपिल गर्दछौ संयुक्त विज्ञप्तिमा भनिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like