Thursday, November 6, 2025

शान्ति,सुव्यवस्था कार्यम गर्ने दोलखाका प्रजिअ रिसालको प्रतिवद्धता


अगेनो न्यूज ःकात्तिक १९-शान्ति, सुव्यवस्था, सुशासन कार्यम सहित अपराध न्यूनीकरणलाई प्राथमीकतामा राखेर काम गर्ने दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनु । भरखरै महोत्तरी जिल्लाबाट सरुवा भएर दोलखामा आउनु भएको प्रमुख जिल्ला अधिकारी रिसालले आज जिल्लाका पत्रकारसँगको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्नुहुदैँ जिल्लामा शान्ति, सुव्यवस्था, सुशासन, अपराधका घटना न्युनीकरण विपद व्यवस्थापनको पुर्व तयारी लगायतका कार्यलाई विशेष प्राथमीकतामा राखेर काम गर्ने बताउनु भएको हो । पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकाहरुले जिल्लाको बारेमा जानकारी गराउनुहुदैँ जिल्ला प्रशासन कार्यालयबाट हुने सेवालाई प्रभावकारी बनाउनका लागि अनुरोध गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागीत रहेको थियो । महोत्तरीको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भएर दोलखाको प्रमुख जिल्ला अधिकारीको रुपमा रिसाल कात्तिक १७ गतेदेखी जिल्लामा हाजिर हुनुभएको हो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like