Tuesday, April 21, 2026

दोलखामा आगलागीबाट जलेर दुई घर नष्ट, २० लाखको क्षति


अगेनो न्यूज,बैशाख ८- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ९मा आगलागिबाट दुई घर पुर्ण रूपमा जलेर नष्ट भएको पाईएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ९ भण्डारेका दल बहादुर श्रेष्ठ घरमा आगलागि हुदाँ दुई वटा घरपुर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आगलागिबाट श्रेष्ठको भुकम्प प्रतिरोधात्मक एउटा र अर्को गाई बाख्रा बाँध्ने सामान्य घर गरी २ वटा घर आगलागीबाट पुर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घर भित्र रहेको अन्न पात,भाँडा–बर्तन,लत्ता–कपडा,सुन अन्दाजी ४तोला, नगद दुई लाख जलेको छ । उक्त आगलागिबाट २० लाख बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर आगोलागि भएको प्रहरीको भनाई रहेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like