Monday, September 22, 2025

दोलखामा जनजीवन सामान्य बन्दै,जिल्लामा लगाईएको कफ्र्यु र निषेधाज्ञा हटयो


अगेनो सम्वादाता ः भदौ  २८- दोलखामा जनजीवन बिस्तारै सामान्य हुनथालेको छ । जिल्लामा गत भदौ २५ गतेबाट जारी गरिएको कफ्र्यु र निषेधाज्ञा आजबाट पुर्णरुपमा हटाईएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँँका अनुसार जेनजीको प्रदर्शन पश्चात उत्पन्न जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्येनजर गरि लगाईएको कफ्र्यू र निषेधाज्ञा पुर्णरुपमा हटाईएको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ । जनजीवन बिस्तारै सामान्य हुन थालेको छ भने सुनसान जस्तै बनेको सदरमुकाम चरिकोटमा पनि चहलपहल बढन थालेको छ ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like