- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज असोज १२- दोलखामा यस वर्ष दशैमा प्रयोगमा आउने नयाँ नोट पहुँचवालाले मात्रै पाएको सर्वसाधारणले गुनासो गरेका छन् । गत बिहिबार नयाँ नोट साटनका लागि नेपाल बैंक चरिकोट शाखा कार्यालयमा पुग्नु भएको कुमारी कार्की रित्तो हात फर्किनु भयो । उहाँले भन्नु दशैका लागि ५ हजार रुपैयाँको एक सयका,५० का र २० रुपैयाँका नयाँ नोट साटन बैंकमा पुगेको थिए । तर बैकले नयाँ नोट नआएको र सुकिला नोट पनि नभएको भन्दै रित्तो हात फर्काएको । कार्की मात्रै होईन यसवर्ष जिल्लाका बैकहरुबाट पहुँचवालाले मात्रै नयाँ नोट पाएका छन भने सर्वसाधारण रित्तो हात फर्किन बाध्य भएका छन् । बैंक तथा वित्तीय सस्थामा आवद्ध व्यक्ति र तीनका आफन्त,निजामती कर्मचारी,स्कुल तथा क्याम्पसका केहि शिक्षकहरु र ब्यापारी, व्यावसायिहरुले मात्रै नयाँ नोट दिएको सार्वसाधारणले गुनासो गरेका छन् । जिल्लाका सबै बैंकले सर्वसाधारणलाइ एउटै मात्र उत्तर दिने गरेका छन । यसवर्ष नयाँ नोट आएन । नयाँ नोट साटनका लागि ग्लोबल बैंक चरिकोट शाखामा पुग्नु भएका सुकमान थामीले पनि आफुले नयाँ नोट नपाएको गुनासो गर्नुभयो । बैंकले नेपाल बैंकमा सबै खुजुरा पैसा पठाएको र बैंकमा सुकिला नोट पनि नभएको भन्दै खाली हात फकाएको हो । गाउँका एक जना नयाँ नोट ल्याएको देखेपछि आफु पनि नयाँ नोट साटनका लागि भाडा तिरेर चरिकोट आएको तर आफुले नयाँ नोट नपाएको थामीले गुनासो गर्नुभयो । उपल्लो दर्जाका कर्मचारीसँग निकट नहुनेहरु कसैले पनि नयाँ पैसा नपाएको गुनासो गरेका छन । नेपाल राष्ट्र बैंकले यसबर्ष दशैको अवसरमा नयाँ नोट बजारमा ल्याएको छैन । सुकिला नोट बजारमा आएपनि सिमित आएकोे नेपाल बैक शाखा लिमिटेड चरिकोटले जनाएको छ ।