Thursday, November 6, 2025

दोलखाको आलम्पुमा ट्याक्टरको ढालाबाट खस्दा एक जनाको मृत्यु



अगेनो न्यूज ःकात्तिक १४ - दोलखाको विगु गाउँपालिकामा ट्याक्टरको ढालाबाट खसेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको  विगु गाउँपालिका वडा नम्वर ६ मा ट्याक्टरको ढालाबाट खसेर स्थानीय ४० वर्षीय मानबहादुर थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । हिजोे बेलुका गुन्सा स्थित भित्री कच्ची सडक खण्डमा चिम्टे रथालबाट आलम्पु तर्फ ढुङ्गा लोड गरी आँउदै गरेको प्र १–०१–००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट खस्दाँ थामीको घटनास्थलमा मुत्यु भएको हो । ट्याक्टर चालकको नाम थर, वतन नखुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चालकको  खोजिकार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भैरहेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like