Monday, September 22, 2025

दोलखाको अवस्था सामान्य, जिल्लामा सेना सहितका सुरक्षाकर्मी परिचालन



अगेनो म्वादाता ः भदौ २५- शान्ति सुरक्षा कायम गर्नका लागि दोलखामा तीन वटा नै सुरक्षा निकायका सुरक्षाकर्मीलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि गएराती देखी नै नेपाली सेना, शस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका मुख्य बजार क्षेत्र सहित जिल्लाभरी तीन वटा नै  सुरक्षा निकायका सुरक्षा कर्मीहरुलाई परिचालन गरिएको हो । हाल जिल्लाको अवस्था सामान्य रहेको जिल्ला प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like